Choisissez la langue

मन्ट्रियल र नेपाली समाज

- युवराज भण्डारी

मन्ट्रियल क्यानाडाको दोस्रो ठूलो तथा क्युबेक प्रान्तको सबै भन्दा ठूलो शहर हो। यो क्यानाडाको सबैभन्दा ठूलो प्रान्त क्युबेकको दक्षिण भूभाग र राजधानी ओटावाबाट १६७ किलोमिटर पुर्वमा अवस्थित छ। यो फ्रान्सेली भाषा बोल्ने संसारको दोस्रो ठूलो शहर पनि हो। चारैतिरबाट सेन्ट लरेन्स नदीले घेरिएको यो शहर एक सुन्दर द्वीप को रुपमा सुपरिचित छ। पुरानो मन्ट्रियल र बन्दरगाह, सांस्कृतिक र सांगीतिक चाडहरू, युरोपेली तथा अमेरिकी सभ्यताको मिश्रण, सेन्ट लरेन्स नदी, बंगैचा र पार्कहरु, पर्यटकीय स्थलहरु, यातायातको सुबिधा, विश्वविधालय र संग्रालयहरु आदि मन्ट्रियलका खास बिशेषताहरु रहेका छन्।

मन्ट्रियल नाम रोयल नामको पहाड (Mount Royal) बाट अपभ्रंश हुदै रहन गएको बिश्वास गरिन्छ। उक्त पहाडको नामकरण फ्रान्सेली अन्वेषक ज्याक कार्तिएले सन् १५३५ मा गरेका थिए। मन्ट्रियल नाम सुरुमा पहाड, त्यसपछि द्वीप र अन्तोतगोत्व शहरको सन्दर्भमा उल्लेख भएको पाइन्छ। यो शहरको स्थापना भने मे १७, १६४२ मा भएको थियो।

बिशाल मन्ट्रियल महानगरीय क्षेत्र ४२५९ वर्ग किलोमीटरमा फैलिएको छ। २०१६ सम्ममा यंहाको जनसंख्या ४० लाख पुगेको छ। बिशाल मन्ट्रियलभित्र मन्ट्रियल, लाभाल, लोंगेई, तेर्बोंन, रेपेंतिनी, ब्रोसार्ड, सेन्ट जेरोम, बलांभिल, डोलार दे ओर्मों र सातोगे आदि शहरहरू छन्। मन्ट्रियल तापूको क्षेत्रफल भने ४९९.२ वर्ग किलोमीटर छ। २०१६ को जनगणना अनुसार यंहाको जनसंख्या १७ लाख भन्दा बढि छ। यंहाका ५६.९ प्रतिशत मानिसहरुको मातृभाषा फ्रान्सेली हो भने १८.६ प्रतिशतको अंग्रेजी हो। तेसैगरी १९.८ प्रतिशत मानिसहरुको मातृभाषा अन्य रहेको छ। मन्ट्रियल कानुनी रूपमा एक फ्रान्सेली भाषा बोल्ने शहर भएपनि क्यूबेक एबं क्यानाडा मै सबैभन्दा द्विभाषी शहरको रुपमा चिनिन्छ।

यस शहरमामा विश्वका धेरै देशका मानिसहरु छन्। जसमा दक्षिण एशियाबाट आउनेहरुको संख्या झन्डै ३ प्रतिशत रहेको छ। मन्ट्रियलको नेपाली समाज सानो भएपनि अद्वितीय र बिशिस्ट छ। यहाँ सन् १९७४ देखि नेपालीहरु फाट्टफुट्ट आउन थालेपनि अलि बढि संख्यामा भने सन् २००० पछि आउन थालेको पाईन्छ। यहाँको एउटा मात्र स्थानीय नेपाली संस्था नेपाली संगठन, क्युबेक हो। यसैको आयोजनामा यहाका नेपालीहरुले हरेक बर्ष नेपाली चाडबाड संगै मनाउछन्। यसबाहेक नेपाली भाषा कक्षा, नेपाली सांस्कृतिक, सेवामुलक, खेलकुद र मनोरन्जनात्मक कार्यक्रमहरु तथा नियमित रुममा हुदै आएका छन्।

मन्ट्रियलमा बिभिन्न धर्ममा आस्था राख्ने मानिसहरु छन्। यहाँ ६५.८ प्रतिशत क्रिश्चियन धर्मावलम्बीहरु छन् भने १८.४ प्रतिशत धर्म नमान्नेहरू छन्। यसैगरी ९.६ प्रतिशतले मुश्लिम, २.४ प्रतिशतले यहूदी, २ प्रतिशतले बौद्ध, १.४ प्रतिशतले हिन्दु, ०.३ प्रतिशतले सिख र बाकी ०.३ प्रतिशतले अन्य धर्म मान्दछन्।

सन् १९७० सम्म मन्ट्रियल क्यानाडा को व्यावसायिक राजधानी थियो, त्यसपछिका वर्षहरुमा जनसंख्या र आर्थिक हिसाबले टोरन्टो मन्ट्रियल भन्दा अगाडि बढेको हो। यो अझै पनि क्यानाडाको महत्वपूर्ण वाणिज्य अर्थात व्यावसायिक केन्द्र हो। हवाई, वित्त, औषधि, प्रविधि, योजना, शिक्षा, संस्कृति, पर्यटन, खेल, चलचित्र र विश्व मामिला यहाका मुख्य उधोग व्यावसाय रहेका छन्। मन्ट्रियलमा अन्तर्राष्ट्रिय र विश्वव्यापी प्रदर्शनी १९६७, ग्रीष्मकालीन ओलम्पिक १९७६ तथा अन्य धेरै ऐतिहासिक एबं महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन, कार्यक्रम र खेलकुदहरुको आयोजना भएका छन्। यहाँ हरेक वर्ष ग्रीष्म ऋतुको समयमा क्यानाडा ग्रान्ड प्रिक्स (एक सुत्र), अन्तर्राष्ट्रिय ज्याज महोत्सब, विश्व चलचित्र महोत्सब, अन्तरराष्ट्रीय आतिशबाजी प्रतियोगिता, केवल हाँसोको निम्ति आदि उत्सवहरु आयोजना गरिन्छ। मन्ट्रियल विदेश अध्ययनमा आउने विद्यार्थीको निम्ति विश्वकै उत्कृष्ठ शहरहरु मध्य एक भएको तथ्य बिभिन्न अन्तरास्ट्रिय सर्भेक्षणहरुले देखाएका छन्। यहाँ ११ विश्वविधालयहरु छन्। २०१७ सम्ममा एक लाख सत्तरी हजार विद्यार्थीहरु अध्ययनरत छन्।

यस शहरका केहि मुख्य पर्यटकीय स्थलहरुमा पुनानो मन्ट्रियल र बन्दरगाह, ओलम्पिक रङ्गशाला, वनस्पति बंगैचा, मोन्ट रोयल पार्क, सेन्ट योसेफ ओराटोरी, नोथ्र दाम बासिलिसा, बियोदम द मन्ट्रियल, मन्ट्रियल म्युजियम अफ फाइन आर्ट, जु इकोम्युजियम र बेल सेन्टर चर्चित छन्। यसैगरी मिगिल, मन्ट्रियल तथा कोनकोंडीया विश्वविधालयहरु, म्युजियम, मेट्रो र ऐतिहासिक केन्द्रहरु उल्लेनिय रहेका छन्। किनमेलको निम्ति अनगिन्ति बजार र मलहरु छन् जसमध्ये अन्डर ग्राउन्ड सिटी, पलास भिल मारी र कार्फुर लाभाल आदि निकै बिशाल र सुन्दर छन्।

गर्मीयाममा मन्ट्रियलको मौसम निकै न्यानो र आर्द्र रहन्छ। तापमान औसात २६-२७ डिग्री सेल्सियस पुग्छ भने जुलाईमा तापमान ३० डिग्री सेल्सियस भन्दा माथि जान सक्छ। तथापी चिसो हावाको प्रभावले ग्रीष्म ऋतुको सुरु र अन्त्य तिर सुख्खा अनि हावाहुरीको मौसम ल्याउन सक्छ। हिउँदले धेरै जाडो त ल्याउछ नै, त्यसको अतिरिक्त धेरै हिउ र हावाहुरीको मौसम पनि लिएर आउछ। जनवरी महिनाको दैनिक औसत तापक्रम – ९ देखि -१० डिग्री सेल्सियस हुन्छ। तैपनि हिउँदका कतिपय दिनहरुमा तापमान बढेर चिसो वर्षा पनि हुन सक्छ। डिसेम्बर महिना देखि जमिन हिउले पुरिन थाल्छ र मार्च सम्म हिउका साना ठुला पहाडहरु अझै पग्ली सकेका हुदैनन्। वसन्त र शरद ऋतु आनंदमय भएपनि यदाकदा तापमानमा आमूल परिवर्तन हुन सक्छ। यी ऋतुहरुको प्रारम्भ र आखिरमा या नोभेम्बर वा मार्चमा र बिरलै भएपनि अप्रिलमा समेत हिउँको आँधीबेहरी नआउला भन्न सकिन्न। मन्ट्रियल साधारणतया अप्रिल १५ देखि नोभेम्बर १५ सम्म हिउँ मुक्त रहन्छ। वातावरण क्यानाडा को टिपोट अनुसार सबै भन्दा कम तापक्रम जनवरी १५, १९५७ मा -३७.८ डिग्री सेल्सियस र उच्चतम तापमान अगस्ट १, १९७५ मा ३७.६ डिग्री सेल्सियस डिग्री थियो। यस शहरमा बर्षभरिमा झन्डै एक हजार मिलिलिटर वर्षा हुन्छ भने २१० सेन्टिमिटर हिउ पर्छ।

मन्ट्रियल द्वीप अति सुन्दर छ। यो क्यानाडाको एक सुबिधा सम्पन्न शहर मात्र नभएर ब्यापार ब्यबसाय र औद्योगिक विकासको महत्पूर्ण केन्द्र पनि हो। यहाँको यातायात व्यवस्था निकै द्रूत र सुव्यवस्थित छ। अत्याधुनिक मेट्रो, बस र रेल को सुविधा तथा हिउँ हटाउने समुचित व्यवस्थाले गर्दा निकै चिसो र हिउँको आँधीबेहरीको मौसम मा पनि जनजीवन सामान्य रुपले चलिरहन्छ। व्यवस्थित शहरीकरण, स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सुरक्षा आदिको उच्च कोटीको व्यवस्थापनको कारण मन्ट्रियल विश्वकै एक नमूना तथा उत्तम शहरको रुपमा गणना हुन्छ।

 

 

स्रोत : १. क्यानाडा, एक्लो ग्रह
२. मन्ट्रियल विकिपीडिया


लाहुरेको यात्रासंस्मरण


                                                                            ( भैरव अर्याल)
एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन १ त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि १

कत्राकत्रा युद्द, महायुद्दमा वीरता देखाउन सक्नेको सन्तान, एक बटुको खोले पियोस् वा हाफ प्लेट छोलेको भरमा जिओस्, यति मामुली कुरामा केको खोजीनिती रु अझै मेरो वीरतामाथि विश्वास छैन भने हेर्न आउनुहोला, बाजेले बर्माको लडाइँमा वीरगति प्राप्त गरी कमाएको वीरचक्र अहिलेसम्म चूलोमाथिको दलिनमा घुसारेको छँदै छ ।

त्यसैले त हो, रोग लागेको बेलामा पनि सौभाग्य मिले वीर अस्पतालै पुग्न पाइन्छ जहाँ औषधिले रङ्गाएको उही वीरधाराको निर्मल जल कैयौँ वीरहरुले प्रत्यक दिन सितैमा सुर्क्याउन पाउँछन्, जसमध्ये म पनि एक हुँ । तर मेरा कुनैकुनै साथी यस्ता निर्दोष छन्, वीरको अस्पताल पुग्न छाडेर रोगाएको एक महिना नहुँदै डाक्टर(पूजा गर्न थाल्छन् । यो कुरा मलाई पटक्कै मन पर्दैन र म भन्छु( नामर्दको ओखती पो नमर्दै हुन्छ त,मर्दको ओखती मर्दा भोलिपल्टसम्म गरे हुन्छ बाबै१ कतिपय साहित्यकार,कलाकार आदिले समेत अबलम्बन् गरेको यो सिद्दान्त आफूले छाड्ने कसरीरु आखिर बेकार भए पनि म एउटा कार हुँ,लुरे भए पनि वीर जातिको आकार हुँ ।

आजको आर्थिक युगमा, आर्थिकै दृष्टिले हेर्ने हो भने पनि मेरो सिद्दान्त रामबाण जस्तो छ । ‘मर्दको दसोटी हुँन्छन्’ भन्ने हाम्रो लौकिक आदर्शमुताबिक एउटा भालेलाई दसोटीसम्म पोथि गुटमुटयाउने लाइसेन्स समाजले दिएकै छ । यो विख्यात मर्दताको फलस्वरुप चूहलैपिच्छे खोलिएका पुत्रपुत्री प्रोडक्सन ‘बहुपत्नी लिमिटेड’ का शाखाहरुबाट धडाधड उत्पादन हुने साराका साराले भोक लाग्नेबित्तिकै खान र रोग लाग्नेबित्तिकै उपचार गराउन थाले भने भोलिदेखि आकाशतिर फर्केर फूलौरा बर्सलान् कि भनि आँऽऽ मुख बाउन नपर्ला भन्ने के ग्यारेनटीरु वीर भएकोले इलमउधोगको पीर गर्नापट्टि लागिएन त, कि दाउरे बन,कि लाहुरे बनकै जम्बामर्दी संस्कारमा हुर्कियो अहिलेसम्म१ अनि भन्नोस् मैले झैँ रोग, भोकलाई स्वातन्त्र्य नदिने हो भने आखिर पोखरा(भर्ती केन्द्रजस्तै लमजुङ(भर्ती केन्द्रसमेत खोल्नुपर्‍यो भने १

लौ, म कुरो गर्न लागेको त सोझै हो, तर अतिथि इन्जिनियरहरुले बनाइदिएको बाटाघाटाको नक्साझैँ दसतिर टेढिएर लम्किन गएकोमा माफ राख्नुहोला । मुख्य कुरो के भने, यत्रो वीर भएर पनि अहिलेसम्म गोडामा एक जोर लाहुरे जुर्राफ पर्न सकेको छैन । हुन त नामको लागि एउटा काम गर्नुभन्दा नामको लागि सत्रोटालाई सलाम गर्नु आजको सभ्यता हो,तर एक बारको चोलामा झोला बोकेर लाहुरै नगई के मर्नु जस्तो लागेर आयो । तन्नेरीमा लाहुर नपस्ने र बुढयाइँमा काशी नबस्ने नेपाली गति पर्दैन भन्छन् । हुन पनि वीरको छाउरो भएपछि फ्याउरोझैँ के आफ्नै घरका लुते धन्धामा लाग्नु त ।

ल, कुरो त फेरि मन्त्रीज्यूको भाषणझैँ उही पो दोहोरियो । आखिर जति भूमिका भट्टयाए पनि म जान लागेको थिएँ लाहुर, त्यसैले इस्टकोटको टाँक लगाएर खुकुरीवाल टोपी छड्के पारेँ, अलिअलि सामलतुमलको झोला भिरेँ, हिँडे । तपाईलाई के ढाँटौँ कुरा १ जति ढाँट्ने साहूलाई नै ढाँटी गोजीमा जमाएको थिएँ( गोडा सोरेक रुपियाँ । त्यहि पनि साट्सुट गर्दा ठयाम्मै भयो दसको नोट । पैसा मात्रै भनेर हुन्छ, देशी पैसा, हामीकहाँबाट मसिना चामल झिकाउने पैसा, हाम्रो पैसा उताबाट उसिना चामल बेसाउने पैसा रु जे होस्, आफूलाई चाहिएको थियो नयाँ ठाउँमा जान नयाँ पैसा । आखिर पुग्नुसम्मलाई त हो, लाहुर पुग्नेबितिकै त वीर नेपाली आएको भनेपछि नोटको माला लिएर स्वागत गरिहाल्छन् । त्यसैले आनेकाने कुरा नहेरी कालधाराबाट म लुसुक्क निस्केर पुगिहालेँ सुनधारा ।

“ओहो१ वीरबलबाबू कता नि रु” बसमा उक्लनेबित्तिकै सुनियो एउटा बूढी(स्वर । यसो हेर्छु त आफ्नै भक्तिनी बज्यै । दुई तिनोटी तरुनीको माझमा बसेर रामनामी टाउकोमा राखेर रुद्रा घुमाइरहेकी । “म त लाहुरतिर, आमै कता नि रु”

मैले सोधि नसक्तै बूढी थोते मुख नचाउँदै भन्न थालिन्( “कहाँ हुन्थ्यो, उनै विश्वनाथ बाबाको पाउमा त हो नि रु यी नानिहरुले पनि कहा साहै सास्ती पाएछन्, सबै अनाथको बाबा विश्वनाथ भनेर उतै लिएर हिँडेकी । एउटीलाई सासूले नसहेर छुट्टी, अर्कीको पोइ लाहुर।।। ।” बूढी परी लाउँदै थिइन्, बीचैबाट अर्का एउटा भलादमीले प्वाक्क भन्यो( “कूरो राम्रो, विश्वनाथ बाबालाई सधैँ भेटी मात्र कति चढाउनु त, कहिलेकाहीँ केटी पनि चढाइदिनै पर्छ । यसबाट एकतिर चेलिबेटीको उद्दार हुन्छ, अर्कोतिर आफ्नो दालरोटीको समस्यै टर्छ ।” भलादमीले यो कस्तो कुरा गरेका हुन्, म त लक्क न बक्क भै जिल्लिँदै थिएँ, बूढी आमै भने जिस्क्याइएको जँडयाहाझैँ पाखूरा खैँचेर सराप्न थालिन्( “तीर्थ जान लागेका मेरा छोरीबेटीसँग आँखा जुधाउने तँ लुठलाई पख्लास् १” वास्तवमा त्यो बिचरो भलादमीले आँखा जुधाएकै थिएन है, नभएको कुरा भन्नु पाप लाग्छ,तर बूढी किनकिन त्यसै रन्किन् र मसित भन्न थालिन्( “हेर्नोस् न बाबू, के मैले यी केटीहरुलाई भागीरथीमा बगाइदिउँला त रु” भलादमीले भने – “भागीरथीमा बगाए त केही थिएन, माझीले उतार्थ्यो, तर चचार पाथि चनामा मोलाउली भन्ने पो डर त ।” यो औडेखौडे कुरा के हो, मैले भने आधुनिक साहित्यजस्तै सबै बुझेर पनि केहि बुझ्न सकिनँ ।

‘असार(साउनको माटो, बाइरोडको बाटो ।’ ड्राइभर रमले रन्न, ट्रक यात्रुले टन्न । अब चाहियो के र रु एकछिन त थचाराथचार धक्कमधक्काले निकै स्वाद चखाएको थियो, तर जतिजति ट्रक उँभोउँभो लाग्दै गयो, उतिउति आफ्नो हंस भने उँधोउँधो हुँदै गयो । तैपनि वीरको यात्रा वीरताकै माफिक हुन्छ भन्दै बूढीका चेलीबेटीलाई म आश्वासन दिँदै थिएँ( तीर्थ जानेलाई केको डर रु बाँचे वाराणसी, मरे अमरावती । तर, नढाँटीकन भनूँ भने आफूलाई चाहिँ सन्देहै थियो । बाँचे त म लाहुर पुग्छुपुग्छु मरे कहाँ पुग्छु रु स्वर्ग कि नरक रु स्वर्गै पुग्न त अमरावती इन्स्योरेन्सन कम्पनीका एजेन्ट(बाजेहरुलाई खीर खुवाएकै छैन । जे होस्, वीरजातिको सन्तान भएकोले बाबुबाजेले कमाइदिएको नामकै भरमा चित्रगुप्तले कमसेकम सेकेन्ड क्लास सिट त कसो नदेलान्

म आफ्नै सोचाइमा एकसुर थिँए, पछाडिबाट कोट्टयाउँदै एक जना साहूजीले भने।।। “तपाईं लाहुर जाने भए त्यतातिर रायोको सागको माग विचार गर्नुहोला है १ नभए एजेन्ट बनेर प्रचार गरे कमिसन पनि दिउँला । मेरो व्यापार चानचुने छैन बुझ्नुभो, यसपालि मात्रै पाँच हजारको साग निकासी भयो ।” आफ्नो मूल राष्ट्रिय तरकारी पनि विदेश निकासी गर्ने साहुको कुरा सुन्दा मरो भने सार्है चित्त दुख्यो र भनिहाले – “बिहानबेलुका अरु थोक केही नपाए पनि डुकुको झोलसित ढिँडो पुकुपुकु निल्न सकिन्थ्यो, त्यही डुकु पनि निकासी गरिदिएपछि त तरकारी मात्रै होइन, भोलिदेखि तिहुनकै समस्या त पर्दैन रु” साहूले बीचमै कुरा काट्तै भने( “तिहुनको समस्या झन् टर्छ । गहिरिएर हेर्नोस् त, यताबाट सागका मुठा पठायो, उताबाट सब्जीको डिब्बा झिकायो । मीठोको ठाउँमा मीठो, छिटोको ठाउँमा छिटो, कुरा बुझ्नुभएन रु यस्तै हुन्छ चतुरहरुको व्यापार १” साहूको कुरा मलाई मनासिबै लाग्यो । आजको जमानामा पनि उहाँको झिलिमिली रेडिमेड ‘सब्जी’ खान छाडेर टुकुचामा पखालेको डुकुचा को केलाइरहोस् । सरकारी काममा होस् कि तरकारी खानमा होस्, सबैतिर छिटोछरितोपनको आवश्यकता छ आज, आधुनिक सभ्यता भनेकै यही न हो १

साहूजीसित कुरा गर्दागर्दै आफू त सातघुम्तीमा हाराबारा तोरी गर्दै घुम्न पुगिसकिएछ । भक्तिनी बुढिया रामराम भन्दै थिइन्, तर ड्राइभर हराम परेकोले ट्रक झन्झन् वेगसित घुम्न थाल्यो । घच्चाघच्ची गर्दागर्दै लागेछ क्यार चौधरीज्यूलाई १ कालोकालो अनुहारलाई रिसले झन् कालो पार्दै झपारिहाले( “पहाडिया लोग मूर्ख होते हैं । सडक बनवा दी है हम लोगों ने, घच्चा देते हैं हमें ही । जरा सन्मान के कायदे सीखो ।” आफूले त पक्की भाषा जानेको भए पो बुझ्नु १ पक्की बात गर्न पनि कि लाहुर हुनुपर्छ कि जोगी हुनुपर्छ यहाँ । तैपनि शिष्टतापूर्वक चौधरीज्युलाई भनेँ( “बाटोमा कहिलेकाहीँ घच्चा लाग्छ हजुर १ नरिसाउनोस् ।” चितुवाका जस्ता आँखा एक पटक तरेर उनकी श्रीमतिले भनिन्( “आइन्दा ऐसा मत करना, कहाँ जा रहे हो रु हमारे यहाँ नौकर बैठेगा रु” यो कुराले भने मलाई यस्तरी रनक छुटायो कि फट्कारेर भनिदिएँ( “म त लाहुर पस्न लागेको पो त, तिमीकहाँ नोकर बस्छु रु” “बैठोगे तो तुम्हें हम दरबान भी बना देंगे” भनी चौधरनी भाउजू आँखा नचाउँदै थिइन्, म फरक्क फर्केर पुगेँ अर्कै छेउमा ।

प्राणवायु अपानवायु दुवै समान भएकाले ट्रकभित्र सास फेर्न पनि मुस्किल परिरहेको थियो । घुइँचोले कुन कसको सीट हो,कोको कहाँनिर छन् पत्तै भएन, मानौँ संसार(सागर त्यहीँ थियो । त्यसैले मलाई लागिरहेको थियो( लाहुरबाट फर्किंदा त म यो भद्रगोलमा के बस्थेँ, त्यति बेला आफूसित रुपियाँको ब्याग हुन्छ, स्वास्नीलाई ल्याइदिएका लुगागहना हुन्छन्( केके हुन्छन् केके सम्झेर के साध्य देश भनेको देशै हो, धन हुने बाबूसाहेबहरुको राख्न जाने ठाँउ पनि उहीँ, नहुनेहरुको कमाउन जाने ठाँउ पनि उहीँ । दाजुभाइसित झगडा परे झिटीझाम्टा जिम्मा दिने पनि उतै, बाबुआमाले गाली गरे पाखुरा खैँचन पाइने पनि उतैबाट । कस्तो विचित्र ठाउँ होला त त्यो

मैले गम्दागम्दै ट्रक त पुगिसकेछ रक्सोल । उत्रनेबित्तिकै विभिन्न थरी उर्दीपोसाक लाएकाहरुले “बाबूजी, इधरउधर” भन्दै मलाई छोपिहाले । वीर नेपाली भनेपछि स्वागतार्थी पनि कतिकति आएका ए मैले नेप्टै पनि आफ्नो नाक फर्सीजस्तो पारी फुलाएँ । तर फसादचाहिँ के पर्‍यो भने सबैले तानेपछि जाने कतातिर रु ससुराली भिन्न भएको साल सोह्रासरादको श्राद्धमा गएको जुवाइँलाई जस्तो अप्ठयारो पर्‍यो आफूलाई त । “क्याहो ए वीरबल भान्जा १ तिमी पनि यहाँ रु” त्यहीँ नजिकबाट आफ्ना मामाको स्वरले मलाई झसङ्ग पारिदियो । “ओहो, मामा तिमी पनि यहाँ रु” मामालाई झम्टँदै मैले पनि सोधिहालेँ( “उता लाहुर गएको भन्थे( यहीँ हो कि क्या हो लाहुर रु” मलाई आफूले तानिरहेको रिक्सामा बस्ने अनुरोध गर्दै मामाले भने( “तिमी अलि सोझा छौ भान्जा १ नेपालीको निम्ति डाँडो काटयो कि लाहुर १ तिमी कता नि रु” मैले चकित भावमा जबाफ दिएँ( “म पनि लाहुरतिर लागेको १” “लाहुर त लाहुर, तिमी साँच्चीकै लाहुर पुग्न आँटेछौ, पोकोपन्तरो खोइ रु” यताउति हेरेर झपार्दै मामाले भने । नभन्दै पोकोपन्तरो त अर्कै स्वागतार्थीले अघि नै लगिसकेछ( अब कहाँ कसलाई समाउन जाने त लौ

“फ्याकिदेऊ त्यो टोपीसोपी, यता टोपीको दर्शन पाएपछि पोको मात्रै होइन पोकोवालालाई बोकोझैँ घिच्च्याएर बेचिदिन बेर छैन बाबै १” मामाको यो व्याख्यान मैले केही पनि बुझिनँ । तैपनि टोपी फुकालेर रिक्सामा बसेँ । मामा सोध्दै गए( “अब के गर्छौ त रु रिक्सै चलाउँछौ भने, मामाभानिजको कामकुरो मिलिहाल्यो । होइन, म त नोकरी नै गर्छु भन्छै भने कुनै होटेलमा बेरा खाली छ कि बुझ्नुपर्ला ।” मामाको यस प्रश्नले मलाई छक्क पार्‍यो र सोधेँ( “के साँच्चै लाहुर यही हो मामा रु” मामाले मुस्कुराउँदै जबाफ दिए( “भनिहालेँ नि, हाम्रो निम्ति डाँडो काटयो कि सबतिर लाहुर । रक्सोलमा रिक्सा चलाऊ वा दरभङ्गामा दरबानी गर, मलायामा बुट ठोक कि मणिकर्णिकामा मुर्दा बोक, घर गएपछि कमसेकम पाइजामा नफाटुन्जेल तिमी लाहुरे भइहाल्छौ ।” मामाका यी मार्मिक कुराले म त छानाबाट खसेजस्तै भइहालेँ, निधारमा चिटचिट पसिना आयो, नाक(मुख खङ्ग्रङ्ग सुकेर रिक्सैमा घोप्टो परौँला भन्ने डर लाग्न थाल्यो । “के यही हो त लाहुर( हजारौँ नेपालीले आउने गरेको लाहुर रु वीरजातिले पुरुषार्थ देखाउने लाहुर रु” मैले अतासिँदै सोधेँ आफ्ना लाहुरे मामासँग । मामाले च्याँठिएर जबाफ दिए( “के तिम्रो हाम्रो वीरता खलङ्गामा लड्ने नेपालीको वीरता हो ररु त्यसो भए त तिमीलाई देशको माया हुन्थ्यो, उतै घोट्टिन्थ्यौ, उतै बाँच्थ्यौ । तर तिम्रो वीरता, त्यो ‘गुर्खा’ को वीरता, जसले देशमा एउटा काम गर्नुभन्दा विदेशमा सत्रोटालाई सलाम गर्नुलाई पुरुषार्थ ठान्यो, आफ्नो पसिना दिनुभन्दा अरुको निम्ति रगत दिन जान्यो । तिमी त्यो कँवर–कुलको कमानमा दीक्षित नेपाली जसले तन्नेरीको तन, तरुनीको मन सबको दरभाउ बसायो, धन कमायो, कैयौँ ब्याङ्क जमायो । कुरो बुझ्यौरु” तर सत्यसत्य मैले कुरो बुझिनँ । मैले मामाको कुरा बुझिनँ । तर मनको भित्री भागमा चाहिँ के लाग्यो भने(घरबाट ल्यएको पोकोपन्तरो मात्रै नहराएको भए पनि म ठाडै खुट्टाले फर्कन्थेँ घर । तर, अब परियो यता आफू अलपत्र, जहान उता अलपत्र, जो भएको झिटीझाम्टा पर्न गयो साहूको सत्र जे होस्, हामी वीरको साथै उदार पनि त हौँ, दुइ(चार जना हामीजस्ता स्वदेशीहरु हराएर के भो, कैयौँ ‘देशी’ हरु नक्कली मयूरझैँ भित्रिँदै पनि त छन् के नि १ तर जति सम्झाए पनि मनचाहिँ बिग्य्रोबिग्य्रो, लाहुर बस्नै मानेन र फर्केँ घरैतिर । त्यसैले, हेर्नोस्, कहाँ लाहुरे बन्न गएको मान्छे अहिलेसम्म दाउरे बनेर झ्याउरे गाउँदै छु ।

साभार : समकालीन साहित्य


शहीदहरूको सम्झनामा

                               – भूपी शेरचन


हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई(चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए ।
हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन शहीदको
पाउने थिएनौँ खुशी तिनले छाडेर नगए
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए 
बन्दैन मुलुक दुई(चार सपूत मरेर नगए !

साभार: धुम्ने मेच माथि अन्धो मान्छे



भूकम्प त्रास

कविता

               #  युवराज भण्डारी 

कम्प मनमा
कम्प तनमा
कम्प जीवनमा
कम्प परिवारमा
कम्प मित्रजनमा
कम्प नेपालीजनमा
धरातलमा
जलमा थलमा
भूकम्प नेपालमा।

७.८ रेक्टर नापमा
कुना कापमा
तापमा रापमा
नेपाल डुब्यो संतापमा
मन्दिरमा दरबारमा
पाइलाहरु तरवारमा
आँशुको तालमा
२०७२ सालमा
नेपालीहरु बेहालमा।

बैशाखको १२ गते
शनिवार दिन ११:५६ बजे
काप्यो नेपाली धर्ति जोडले
डग्मगायो धराहरा बेतोडले
ढल्यो इतिहासको धरोहर
धुँवाले छोप्यो दृश्य मनोहर
खरानी भए हजारौ बासहरु
धर्ति कहाँ राख्छेउ लासहरु?

कोहि अस्पतालमा
कति जल्दै घाटमा
कति कुर्दैछन् आशमा
हरदिन हररातमा।
श्रदासुमन अस्ताएका ती
हजारौ ताराहरु प्रति
झुकेका नयन हाम्रा
शून्य स्तब्ध जीवन गति।

न ढेखे न जानेको
कम्प पराकम्प यस्तो
महिनौं सम्म नरोकिने
भूकम्प त्रास कस्तो।
जन आक्रोस तिब्र
दलहरु र सरकारमा
पिडितहरु भौतारिदै
त्रिपालको दरकारमा।


जे भो जनले
शिक्षा लिनु अब
सब धर्म सब जात
एक हुनु अब
सबै मिलि फेरी
नेपाल आमा हसाउने
थोपा थोपा मिलेर
समुन्द्र बनाउने
राजनीति बिभाजनको
रेखा नबनोस अब
विश्वभरिका नेपाली
एक हौ सब।


Ant and Elephant

     (Poem Parody)
                         - Shailaja Tiwari, Lekhnath 10, Nepal 

Some say the world will end with mice
Others say it will end with herbs and rice :)
I say, it ends with music of ant
And dance of elephant :):)

When elephant wants perfume, ant fart
Ant approach but elephant depart. ;)
For ant, trees start to cry
Ant eyes remain wide and dry

Ant cry, elephant is missed
Then he returned, ant kissed :)
Elephant disco, award holes
East to west, north to south poles

Tunnels Birth :)
End of earth :(


गैरआवासीय नागरिकताबारे के छ नेपालको मस्यौदा संविधानमा ?

-सुनिल मणि दाहाल       ---       साभार - सेतोपाटी 

नेपालमा मस्यौदा संविधानमा धमाधम काम भै फाष्ट ट्रयाकबाट संविधान बनाउने प्रयास जारी छ। यो नयॉं संविधानले गैरआवासीय नेपालीहरूको लागी के कस्तो व्यवस्था गरेको छ र यसले एनआरएनको नारा "एक पल्टको नेपाली सधैंको नेपाली"लाई कसरी समेटेको होला। यो सबैको जिज्ञासाको विषय बनेको छ! यसै सन्दर्भमा विभिन्न क़ानूनविदहरूले मस्यौदामा व्यवस्था भएको गैरआवासीय नागरिकताकाबारे निम्न अनुसार संक्षेपमा व्याख्या गरेका छन्:

नेपालको नयाँ संविधानको धारा १९ मा व्यवस्था गरिए अनुसार एनआरएनहरुले अब गैरआवासीय नागरिकता पाउन सक्नेछन्। यो नेपालका लागि नयाँ प्रकारको नागरिकता हो। यसअघिका संविधानहरुमा वंशज, अंगीकृत र सम्मानार्थ नागरिकतामात्र हुने गर्थ्यो। यसपटकको संविधानमा पहिलो पटक गैरआवासीय नागरिकताको व्यवस्था गरिएको हो।

 धारा १९ अनुसार गैरआवासीय नागरिकता विदेशी मुलुकको नागरिकता प्राप्त गरेका र सार्क क्षेत्रभन्दा बाहिरका देशमा बसोबास गरेका नेपाली मुलुकको व्यक्तिले पाउन सक्नेछन्। अर्थात् भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सबाहेकजुनसुकै देशमा बसोबास गरी त्यहाँको नागरिकता पाएको व्यक्तिले यस्तो नागरिकता पाउँछन्। गैर आवासीय नेपाली नागरिकतापाएकाले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार कानुन बमोजिम उपभोग गर्न पाउँछन्। उनीहरुले राजनीतिक अधिकार भने पाउनेछैनन्। यी अधिकारहरु पनि 'कानूनले तोकेबमोजिम' भनिएको हुँदा अन्योल नै छ! गैरअआवासिय नागरिकले राजनीतिक अधिकार नपाउने व्यवस्था भएका कारण चुनावमा उठने तथा भोट दिन भने पाउने छैनन! अर्थत गैरआवासिय नागरिकले सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, संवैधानिक निकाय प्रमुख केही पनि बन्न पाउँदैनन्!

धारा १६ मा नागरिकता पुनः प्राप्तिको व्यवस्था गरिएको छ। विदेशी नागरिकता त्यागी नेपाल आएर फेरि पाँच वर्ष बसेमा नेपाली नागरिकता पुन:लिन सकिन्छ। नेपाली नागरिक भएपछि सबै राजनीतिक अधिकार पनि पाइनेछ! यसका लागि तपाईँले तीन सर्त पालना गर्नुपर्ने छ: १) पहिले नै नेपाली नागरिकता प्राप्त गरेको, २) नेपाल आई पाँच वर्ष बसोबास गरेको, ३) विदेशी नागरिकता परित्याग गरेको।

धारा १८ को दफा २ मा व्यवस्था गरिए बमोजिम कुनै नेपालीको सन्तान विदेशमा जन्मियो भने उसले त्यहाँ जन्मिएको आधारमा त्यसदेशको कानून बमोजिम विदेशी नागरिकता पनि पाउन सक्छ र आमाबाबु नेपाली भएमा नेपाली नागरिकता पनि पाउन सक्छ। नेपाली नागरिकता प्राप्त गर्न योग्यता पुगेको कुनै व्यक्ति अन्य मुलुकको पनि नागरिकता प्राप्त गर्न योग्य रहेछ भने त्यस्तो व्यक्तिले नागरिकता प्रमाणपत्र लिन योग्यता पुगेको दुई वर्षभित्र नेपालको नागरिकता नरोजे त्यस्तो व्यक्ति नेपालको नागरिक नहुने व्यवस्था गरिएको छ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले अङ्गीकृत नागरिकता लिन पाउँछन्। तर त्यसका लागि नेपालमा १५ वर्ष स्थायी बसोबासगरी विदेशको नागरिकता परित्याग गरको हुनुपर्छ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले भने विदेशको नागरिकता परित्याग गर्नासाथ अङ्गीकृत नागरिकता पाउँछन्। विदेशी केटासँग विवाह भएको नेपाली नागरिक महिलाले जन्माएको र नेपालमै बसोबास गरेको र आमाबाबुको नागरिकताको आधारमा विदेशको नागरिकता नपाएको सन्तानले नेपालको अङ्गीकृत नागरिकता पाउनेछ।

संविधानको धारा १८ र १९ मा लेखिए अनुसार यो दोहोरो नागरिकतको व्यवस्था हो कि हैन भनेर ठोकुवा गर्न गाह्रो छ। धारा १९ मा व्यवस्था भएअनुसार विदेशी मुलुकको नागरिकता प्राप्त गरेका नेपाली मूलका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउने छन तर धारा १८ ले भने अन्य मुलुकको नागरिकता प्राप्त गरेमा नेपालको नागरिकता कायम नहुने व्यवस्था गरिएको छ।

साभार - सेतोपाटी 

==================================================================

 

"टाढाको जून" कविता संग्रह

राजु राना, मोन्ट्रियलको नेपाली समाजको लागि नयाँ नाम हैन | मिलनसार स्वभावको, सबै सँग ख्याल ठट्टा गर्दै, यदाकदा नेपाली समारोहहरुमा कविता वाचन गरेको सबैले देखेकै हुनुपर्छ तर साच्चै कविता संग्रहनै प्रकाशित भएको कुरा सबैलाई ज्ञान नहुन सक्छ, मलाई पनि थिएन | एकदिन, एकजना मित्रले फोन गरेर कविता संग्रह किनिदिन अनुरोध गर्नुभयो अनि किने पनि तर पढ्न भ्याएको थिइन | गतहप्ता अलिकति फुर्षद मिल्यो पढ्नलाई र शुरु गरे पढ्न |

स्वर्गिय पिता सोम बहादुर राणा र माता बिष्णुमाया प्रति समर्पित गर्दै लेखिएको यस "टाढाको जून" कविता संग्रह २७ वटा कविताले भरपुर छ । सबै उस्तै हुन सक्दैनन् भन्ने कविताबाट शुरुभएको यस सङ्रहमा क्रान्ति, दल भएन दले भए, म र राज्य जस्ता रगतै उमाल्ने कविता देखि आउ एकछिन वार्तालाप गरौं, फूल नझरे हुन्थ्यो, न्याउली रोयो बनमा जस्ता आँशु झर्ने कविताहरू समेटिएका छन् । आफ्नो लाइफ पार्टनरको ब्रितान्त समेत समाविस्ट यो सङ्रहमा आमा, म आउँदै छु जस्ता पारिवारिक समिप्यता सम्म बुझ्न पाईन्छ भने भन त तिमी कस्तो मान्छे भनेर सोध्न पनि कवि चुक्नु भएको छैन यो कृतिमा ।

आफ्नो काम र पारिवारिक ब्यस्तता सँग जुझ्दै यो कविता संग्रहको प्रकाशन हुनु आफैमा गौरव को कुरा हो र मलाइ लाग्छ हामीले यस्तो कामको लागि स्रहाना र उत्साहित गर्न पछि पर्न हुँदैन । यसर्थ यस कृतिको एक पटक रस्वोस्वादन गर्दा कुनै अहित नहोला । मुरी मुरी धन्यवाद कवि राजु रानालाई !

एम डी राजभण्डारी
मोन्ट्रियल ।

*******************************************************************************************

तिज र नारी

(सम्पूर्ण नेपाली नारीहरु प्रति समर्पित)

                                             कवि:  युवराज भण्डारी

युवराज

आज मनमा के को रमाइलो
तीजले बनायो दिन घमाइलो |

वर्ष दिन कुरेर आएको चाड
हर्सोल्लास नेपाली माझ
रातै हुन्छ पहिरन, रातै चुरा
नारी मिलि गर्छन घत लाग्ने कुरा |

गुनासो पोख्छन्, सल्लाह दिन्छन
इतिहास रचेर राज्य नै छिन्छन
गाऊ शहर राष्ट्र, एकै ठाउँ आउछ
सास्कृतीक बिम्बले देश बनाउछ |

शुभकामना साहसी नारी
तिजको रमझम सात समुन्द्र पारी
सम्झेर तिमि नेपाली पन
जाऊ एकै ठाउँ तिज मनाउन|

आज मनमा के को रमाइलो
तीजले बनायो दिन घमाइलो |

*****************************************


****************************************

This blog is designed to share useful information, articles and any other creative thoughts/writings among us. If you have anything that is informative and helpful to our community please send it to This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it. so that we could publish your intellectual property.

Remember: "Any fool can make history, but it takes a genius to write it." -Oscar Wild"

New Comers Guide

Moving to Canada is an exciting opportunity but also a great challenge

Immigrate to Canada

Apply to visit, study, work or immigrate to Canada

Business in Canada

Information for businesses on starting, financing, taxation and international trade