Choisissez la langue

ANQ Most Highlighted Events

  •  
  • Nepali New Year Celebration
  • Summer Picnic
  • Teej (Women Special) Celebration 
  • Mini Marathon 
  • Dashain Celebration 
  • Tihar and Deushi-Bhailo 

मन्ट्रियल र नेपाली समाज

- युवराज भण्डारी

मन्ट्रियल क्यानाडाको दोस्रो ठूलो तथा क्युबेक प्रान्तको सबै भन्दा ठूलो शहर हो। यो क्यानाडाको सबैभन्दा ठूलो प्रान्त क्युबेकको दक्षिण भूभाग र राजधानी ओटावाबाट १६७ किलोमिटर पुर्वमा अवस्थित छ। यो फ्रान्सेली भाषा बोल्ने संसारको दोस्रो ठूलो शहर पनि हो। चारैतिरबाट सेन्ट लरेन्स नदीले घेरिएको यो शहर एक सुन्दर द्वीप को रुपमा सुपरिचित छ। पुरानो मन्ट्रियल र बन्दरगाह, सांस्कृतिक र सांगीतिक चाडहरू, युरोपेली तथा अमेरिकी सभ्यताको मिश्रण, सेन्ट लरेन्स नदी, बंगैचा र पार्कहरु, पर्यटकीय स्थलहरु, यातायातको सुबिधा, विश्वविधालय र संग्रालयहरु आदि मन्ट्रियलका खास बिशेषताहरु रहेका छन्।

मन्ट्रियल नाम रोयल नामको पहाड (Mount Royal) बाट अपभ्रंश हुदै रहन गएको बिश्वास गरिन्छ। उक्त पहाडको नामकरण फ्रान्सेली अन्वेषक ज्याक कार्तिएले सन् १५३५ मा गरेका थिए। मन्ट्रियल नाम सुरुमा पहाड, त्यसपछि द्वीप र अन्तोतगोत्व शहरको सन्दर्भमा उल्लेख भएको पाइन्छ। यो शहरको स्थापना भने मे १७, १६४२ मा भएको थियो।

बिशाल मन्ट्रियल महानगरीय क्षेत्र ४२५९ वर्ग किलोमीटरमा फैलिएको छ। २०१६ सम्ममा यंहाको जनसंख्या ४० लाख पुगेको छ। बिशाल मन्ट्रियलभित्र मन्ट्रियल, लाभाल, लोंगेई, तेर्बोंन, रेपेंतिनी, ब्रोसार्ड, सेन्ट जेरोम, बलांभिल, डोलार दे ओर्मों र सातोगे आदि शहरहरू छन्। मन्ट्रियल तापूको क्षेत्रफल भने ४९९.२ वर्ग किलोमीटर छ। २०१६ को जनगणना अनुसार यंहाको जनसंख्या १७ लाख भन्दा बढि छ। यंहाका ५६.९ प्रतिशत मानिसहरुको मातृभाषा फ्रान्सेली हो भने १८.६ प्रतिशतको अंग्रेजी हो। तेसैगरी १९.८ प्रतिशत मानिसहरुको मातृभाषा अन्य रहेको छ। मन्ट्रियल कानुनी रूपमा एक फ्रान्सेली भाषा बोल्ने शहर भएपनि क्यूबेक एबं क्यानाडा मै सबैभन्दा द्विभाषी शहरको रुपमा चिनिन्छ।

यस शहरमामा विश्वका धेरै देशका मानिसहरु छन्। जसमा दक्षिण एशियाबाट आउनेहरुको संख्या झन्डै ३ प्रतिशत रहेको छ। मन्ट्रियलको नेपाली समाज सानो भएपनि अद्वितीय र बिशिस्ट छ। यहाँ सन् १९७४ देखि नेपालीहरु फाट्टफुट्ट आउन थालेपनि अलि बढि संख्यामा भने सन् २००० पछि आउन थालेको पाईन्छ। यहाँको एउटा मात्र स्थानीय नेपाली संस्था नेपाली संगठन, क्युबेक हो। यसैको आयोजनामा यहाका नेपालीहरुले हरेक बर्ष नेपाली चाडबाड संगै मनाउछन्। यसबाहेक नेपाली भाषा कक्षा, नेपाली सांस्कृतिक, सेवामुलक, खेलकुद र मनोरन्जनात्मक कार्यक्रमहरु तथा नियमित रुममा हुदै आएका छन्।

मन्ट्रियलमा बिभिन्न धर्ममा आस्था राख्ने मानिसहरु छन्। यहाँ ६५.८ प्रतिशत क्रिश्चियन धर्मावलम्बीहरु छन् भने १८.४ प्रतिशत धर्म नमान्नेहरू छन्। यसैगरी ९.६ प्रतिशतले मुश्लिम, २.४ प्रतिशतले यहूदी, २ प्रतिशतले बौद्ध, १.४ प्रतिशतले हिन्दु, ०.३ प्रतिशतले सिख र बाकी ०.३ प्रतिशतले अन्य धर्म मान्दछन्।

सन् १९७० सम्म मन्ट्रियल क्यानाडा को व्यावसायिक राजधानी थियो, त्यसपछिका वर्षहरुमा जनसंख्या र आर्थिक हिसाबले टोरन्टो मन्ट्रियल भन्दा अगाडि बढेको हो। यो अझै पनि क्यानाडाको महत्वपूर्ण वाणिज्य अर्थात व्यावसायिक केन्द्र हो। हवाई, वित्त, औषधि, प्रविधि, योजना, शिक्षा, संस्कृति, पर्यटन, खेल, चलचित्र र विश्व मामिला यहाका मुख्य उधोग व्यावसाय रहेका छन्। मन्ट्रियलमा अन्तर्राष्ट्रिय र विश्वव्यापी प्रदर्शनी १९६७, ग्रीष्मकालीन ओलम्पिक १९७६ तथा अन्य धेरै ऐतिहासिक एबं महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन, कार्यक्रम र खेलकुदहरुको आयोजना भएका छन्। यहाँ हरेक वर्ष ग्रीष्म ऋतुको समयमा क्यानाडा ग्रान्ड प्रिक्स (एक सुत्र), अन्तर्राष्ट्रिय ज्याज महोत्सब, विश्व चलचित्र महोत्सब, अन्तरराष्ट्रीय आतिशबाजी प्रतियोगिता, केवल हाँसोको निम्ति आदि उत्सवहरु आयोजना गरिन्छ। मन्ट्रियल विदेश अध्ययनमा आउने विद्यार्थीको निम्ति विश्वकै उत्कृष्ठ शहरहरु मध्य एक भएको तथ्य बिभिन्न अन्तरास्ट्रिय सर्भेक्षणहरुले देखाएका छन्। यहाँ ११ विश्वविधालयहरु छन्। २०१७ सम्ममा एक लाख सत्तरी हजार विद्यार्थीहरु अध्ययनरत छन्।

यस शहरका केहि मुख्य पर्यटकीय स्थलहरुमा पुनानो मन्ट्रियल र बन्दरगाह, ओलम्पिक रङ्गशाला, वनस्पति बंगैचा, मोन्ट रोयल पार्क, सेन्ट योसेफ ओराटोरी, नोथ्र दाम बासिलिसा, बियोदम द मन्ट्रियल, मन्ट्रियल म्युजियम अफ फाइन आर्ट, जु इकोम्युजियम र बेल सेन्टर चर्चित छन्। यसैगरी मिगिल, मन्ट्रियल तथा कोनकोंडीया विश्वविधालयहरु, म्युजियम, मेट्रो र ऐतिहासिक केन्द्रहरु उल्लेनिय रहेका छन्। किनमेलको निम्ति अनगिन्ति बजार र मलहरु छन् जसमध्ये अन्डर ग्राउन्ड सिटी, पलास भिल मारी र कार्फुर लाभाल आदि निकै बिशाल र सुन्दर छन्।

गर्मीयाममा मन्ट्रियलको मौसम निकै न्यानो र आर्द्र रहन्छ। तापमान औसात २६-२७ डिग्री सेल्सियस पुग्छ भने जुलाईमा तापमान ३० डिग्री सेल्सियस भन्दा माथि जान सक्छ। तथापी चिसो हावाको प्रभावले ग्रीष्म ऋतुको सुरु र अन्त्य तिर सुख्खा अनि हावाहुरीको मौसम ल्याउन सक्छ। हिउँदले धेरै जाडो त ल्याउछ नै, त्यसको अतिरिक्त धेरै हिउ र हावाहुरीको मौसम पनि लिएर आउछ। जनवरी महिनाको दैनिक औसत तापक्रम – ९ देखि -१० डिग्री सेल्सियस हुन्छ। तैपनि हिउँदका कतिपय दिनहरुमा तापमान बढेर चिसो वर्षा पनि हुन सक्छ। डिसेम्बर महिना देखि जमिन हिउले पुरिन थाल्छ र मार्च सम्म हिउका साना ठुला पहाडहरु अझै पग्ली सकेका हुदैनन्। वसन्त र शरद ऋतु आनंदमय भएपनि यदाकदा तापमानमा आमूल परिवर्तन हुन सक्छ। यी ऋतुहरुको प्रारम्भ र आखिरमा या नोभेम्बर वा मार्चमा र बिरलै भएपनि अप्रिलमा समेत हिउँको आँधीबेहरी नआउला भन्न सकिन्न। मन्ट्रियल साधारणतया अप्रिल १५ देखि नोभेम्बर १५ सम्म हिउँ मुक्त रहन्छ। वातावरण क्यानाडा को टिपोट अनुसार सबै भन्दा कम तापक्रम जनवरी १५, १९५७ मा -३७.८ डिग्री सेल्सियस र उच्चतम तापमान अगस्ट १, १९७५ मा ३७.६ डिग्री सेल्सियस डिग्री थियो। यस शहरमा बर्षभरिमा झन्डै एक हजार मिलिलिटर वर्षा हुन्छ भने २१० सेन्टिमिटर हिउ पर्छ।

मन्ट्रियल द्वीप अति सुन्दर छ। यो क्यानाडाको एक सुबिधा सम्पन्न शहर मात्र नभएर ब्यापार ब्यबसाय र औद्योगिक विकासको महत्पूर्ण केन्द्र पनि हो। यहाँको यातायात व्यवस्था निकै द्रूत र सुव्यवस्थित छ। अत्याधुनिक मेट्रो, बस र रेल को सुविधा तथा हिउँ हटाउने समुचित व्यवस्थाले गर्दा निकै चिसो र हिउँको आँधीबेहरीको मौसम मा पनि जनजीवन सामान्य रुपले चलिरहन्छ। व्यवस्थित शहरीकरण, स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सुरक्षा आदिको उच्च कोटीको व्यवस्थापनको कारण मन्ट्रियल विश्वकै एक नमूना तथा उत्तम शहरको रुपमा गणना हुन्छ।

 

 

स्रोत : १. क्यानाडा, एक्लो ग्रह
२. मन्ट्रियल विकिपीडिया



****************************************

This blog is designed to share useful information, articles and any other creative thoughts/writings among us. If you have anything that is informative and helpful to our community please send it to This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it. so that we could publish your intellectual property.

Remember: "Any fool can make history, but it takes a genius to write it." -Oscar Wild"

New Comers Guide

Moving to Canada is an exciting opportunity but also a great challenge

Immigrate to Canada

Apply to visit, study, work or immigrate to Canada

Business in Canada

Information for businesses on starting, financing, taxation and international trade